Loading...

2026-09-30 12:43:45

कानुनी साक्षरता कार्यक्रम
उमाकुण्ड गाउँपालिकाको आयोजनामा उमाकुण्ड गाउँपालिका–७, भुजी, रामेछापस्थित श्री कास्थेम् माध्यमिक विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययनरत ८४ जना विद्यार्थीहरूको सहभागितामा १ दिने कानुनी साक्षरता कार्यक्रम मिति २०८३/०६/१३ गते सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई नेपालको संविधानले प्रदान गरेका मौलिक अधिकार तथा कर्तव्य, बालअधिकार, बालविवाह, बालश्रम, हिंसा तथा दुर्व्यवहारबाट बच्ने उपाय, साइबर अपराध तथा सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोग लगायतका महत्वपूर्ण विषयमा जानकारी तथा सचेतना प्रदान गरिएको थियो। साथै, आफू वा अरूमाथि अन्याय, हिंसा वा दुर्व्यवहार भएमा सम्बन्धित निकायबाट कानुनी सहायता तथा संरक्षण कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी गराइएको थियो। उक्त कार्यक्रमबाट विद्यार्थीहरूमा कानुनी ज्ञान, आफ्नो अधिकारको संरक्षण, कर्तव्य तथा जिम्मेवारीबोध अभिवृद्धि हुनुका साथै कानुनको सम्मान गर्ने, अरूको अधिकारको सम्मान गर्ने र अनुशासित तथा जिम्मेवार नागरिकका रूपमा अघि बढ्ने चेतनाको विकास भएको छ। विद्यार्थीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित कानुनी विषयमा जानकारी प्रदान गरिएको हुँदा कार्यक्रम अत्यन्त उपयोगी तथा प्रभावकारी रहेको थियो।