आत्महत्या रोकथाम दिवस सम्बन्धी सचेतना कार्यक्रम
मिति:२०८३/०५/२५
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भुजी स्वास्थ्य चौकीको आयोजनामा विद्यार्थीहरूका लागि आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई मानसिक तनाव, निराशा तथा भावनात्मक समस्यालाई पहिचान गर्ने, आफ्ना समस्या खुलेर व्यक्त गर्ने र आवश्यक पर्दा परिवार, शिक्षक, साथीभाइ तथा स्वास्थ्यकर्मीबाट सहयोग लिनुपर्ने विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममार्फत विद्यार्थीहरूलाई “समस्या आएमा एक्लै नबसौँ, कुरा गरौँ, सहयोग मागौँ र जीवनलाई महत्व दिऔँ” भन्ने सकारात्मक सन्देश दिइएको थियो। साथै, मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजस्तै महत्वपूर्ण भएकाले आफू र आफ्ना साथीहरूको भावनात्मक अवस्थाप्रति संवेदनशील बन्न प्रेरित गरिएको थियो।
विद्यार्थीहरूको मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै सुरक्षित, सहयोगी र सकारात्मक विद्यालय वातावरण निर्माणमा योगदान पुर्याएकोमा भुजी स्वास्थ्य चौकीप्रति हार्दिक धन्यवाद।