Loading...

2026-09-19 13:16:37

बाल दिवस तथा शिक्षा दिवस

मिति २०८३/०६/०२ गतेका दिन २०८३ सालको बाल दिवस तथा शिक्षा दिवसको अवसरमा उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोग तथा श्री कास्थेम् माध्यमिक विद्यालयको आयोजनामा विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमहरू सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत कक्षा १–३ का विद्यार्थीहरूका लागि लेखन तथा पठन सीप प्रतियोगिता, कक्षा ४–५ का लागि चित्रकला प्रतियोगिता, कक्षा ६–८ का लागि हाजिरी जवाफ प्रतियोगिता तथा कक्षा ९–१० का विद्यार्थीहरूका लागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरियो । प्रतियोगितामा उमाकुण्ड गाउँपालिका वडा नं. ७ भित्र रहेका ४ वटा विद्यालयहरूका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थी/टिमलाई नगद पुरस्कार तथा प्रमाण–पत्र वितरण गरियो । कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, पठन–लेखन सीप, बौद्धिक क्षमता, आत्मविश्वास तथा वक्तृत्वकला विकासमा योगदान पुर्‍याएको छ भन्ने पूर्ण आशा रहेको छ । त्यसैगरी, विद्यालयको आन्तरिक कार्यक्रमअन्तर्गत शैक्षिक सत्र २०८२ मा ECD–२ देखि कक्षा १० सम्म कक्षागत तथा तहगत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गर्नका साथै अनुशासनमा उत्कृष्ट, बढी उपस्थिति भएका तथा विद्यालय टपर विद्यार्थीहरूलाई समेत मेडल तथा पुरस्कार प्रदान गरी सम्मान गरियो। कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह, स्वस्थ प्रतिस्पर्धाको भावना, अनुशासन तथा उत्कृष्टताका लागि प्रेरणा अभिवृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा र क्षमताको पहिचान तथा प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेलेको छ।