उमाकुण्ड गाउँपालिका कृषि शाखाको आयोजनामा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि खाद्य पोषण र स्वास्थ्य सुरक्षा सम्बन्धी १ दिने सचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा विद्यार्थीहरूलाई सन्तुलित तथा पोषणयुक्त खानाको महत्त्व, स्थानीय तथा अर्गानिक खाद्यवस्तुको प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, स्वस्थ जीवनशैली तथा खाद्य सुरक्षाका विषयमा जानकारी तथा सचेतना प्रदान गरिएको थियो। साथै, स्वस्थ र पोषणयुक्त खानाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा पुर्याउने योगदानका बारेमा समेत जानकारी गराइएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थकर खानपान, सरसफाइ तथा पोषणसम्बन्धी व्यवहार विकास गर्न महत्वपूर्ण सहयोग पुगेको छ। कार्यक्रम आयोजना गर्नुहुने उमाकुण्ड गाउँपालिका कृषि शाखाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
मिति २०८३/०६/०६